काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी तोलामा १४० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५६४.८९ अमेरिकी डलर र चाँदी ७७.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया