नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त


काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

डंगोल हाल पर्यटन मन्त्रालयमा सहसचिव छन् । सरकारले यस अघि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई नै महानिर्देशकको जिम्मेवारी दिएको थियो । अब भने खुला प्रतिस्पर्धाबाट नै उनलाई महानिर्देशन नियुक्त गरिएको हो ।

महानिर्देशकको लागि २१ जनाले आवेदन दिएका थिए।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।