काठमाडौँ । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर औपचारिक रूपमा सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजनामा डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको हो ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो । उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीद्वारा गरिएको थियो । यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ ।
ऊर्जा लागत तथा विद्युत् शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारलाई अनुमानयोग्य तथा प्रभावकारी हुने कम्पनीको दाबी छ ।
साधारण सेटअपमार्फत उपभोक्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्ने र एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्ने कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रयोग शैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्नेछन् ।










प्रतिक्रिया