मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गर्ने


काठमाडौँ । बजेट स्वीकृत गर्न दिउँसो २:३० बजे मन्त्रिपरिषद् बस्दै छ । सरकारले आज आर्थिक वर्ष २०८३(८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको हो ।

सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।