तेज ब्राण्डको तोरीको तेल खान योग्य नभएको भन्दै फिर्ता गर्न आग्रह


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न माग गरेको छ ।

विभागले तेल न्यूनस्तरको भएको भन्दै बजारबाट हटाउन भनेको हो । विभागका अनुसार २०८२ फागुन २८ गते उत्पादन भएको ब्याच नं। २० को तेलमा तोकिएको मापदण्ड नपुगेको पाइएको हो ।

विभागले बजार अनुगमनका क्रममा रुपन्देहीको गुरुबानियामा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेल नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको भन्दै फिर्ता गर्न आदेश दिएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम विभागले उत्पादक कम्पनीलाई उक्त ब्याचका सम्पूर्ण तेलहरू बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १४ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।