११ तहको भन्सार दर ७ तहमा सीमित, ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज


काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष (२०८३-०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।

उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।