काठमाडौँ । सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट भाषणमार्फत् विभिन्न् कुरा व्यवस्था गरेको जानकारी दिएका छन् ।
सरकारले आयकर छुटको सीमा दोब्बर बनाएर एक व्यक्तिका लागि १० लाख पुर्याएको छ । त्यसैगरी, व्यत्तिगत आयकरको अधिकतम दर १० प्रतिशत बिन्दूले घटेको छ । २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटेको छ भने विद्यमान ११ तहको भन्सार दर सात तहमा सीमित रहेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
३६० बस्तुमा लगि आएको अन्तशुल्क खारेज भएको छ । त्यस्तै, भन्सार विन्दूमा संकलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित भएको छ ।
धितोपत्र विक्री गर्दा लाग्दै आएको पूँजिगत लाभकर अन्तिम बनाएको छ भने डिजिटल खरिदमा विजक जारी भएकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाउने भएका छन् ।
मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने र कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने भएको छ ।
लामो समयदेखि सिर्जित कर विवाद समाधान गर्न कर छुट र सहुलियतको विशेष योजना रहेको वाग्लेले जानकारी दिएका छन् ।










प्रतिक्रिया