काठमाडौँ । आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ ।
आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ । यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुने अर्थमन्त्रीको भनाइ छ ।
उनका अनुसार आगामी वर्ष काँकरभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । बागमती–पथलैया, नारायणगढ–हेटौँडा तथा गोरुसिङ्गे–चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गरिनेछ । पोखरिया–कञ्चनपुर, चन्द्रौटा–धानखोला तथा कोहलपुर–गड्डाचौकी सडकखण्ड स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।










प्रतिक्रिया