आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट



काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत चालु आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बजेट वृद्धि गरेर उक्त आयव्ययको विवरण पेश गरेका हुन्।

प्रस्तुत बजेटमध्ये चालु तर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पूँजीगत तर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ र वित्तीय व्यवस्थापनमा ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले घोषणा गरेको हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।