नेपाली कम्पनीलाई विदेशी धितोपत्र बजारमा सूचीकृत हुन बाटो खुला


काठमाडौँ । सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशी धितोपत्र बजारमासमेत सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका छन् ।

बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्नेगरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।