साताको सेयर बजार : तीन दिनको कारोबारमा एक दिन घट्यो दुई दिन बढ्यो नेप्से


काठमाडौँ । यो साता नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कुल तीन दिनको कारोबारमा दुई दिन बढेको बजार एक दिन घटेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सातामा सोमबार, मंगलबार र बुधबार मात्र सेयर कारोबार भएको थियो । सामान्यतया सातामा ५ दिन कारोबार हुने गरेको थियो । यो साता बिहीबार र शुक्रबार सार्वजनिक बिदा परेकाले ३ दिन मात्र कारोबार भएको हो ।

साताभरि नेप्से परिसूचक २३.६१ अंकले बढेर २७८२.१० विन्दुमा बन्द भएको छ । गत शुक्रबार नेप्से परिसूचक २७५८.४९ बिन्दुमा रहेको नेप्से त्यसपछि सोमबार बजार खुलेपछि २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको थियो ।

सोमबार कारोबारमा आएका ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयरहरू ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यसपछि मंगलबार भने बजार घटेको थियो । मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेको थियो । मंगलबार ३४२ कम्पनीका १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयरहरू ५२ हजार ७५१ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको यो साताको कारोबार बन्द भएको हो । बुधबार ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयरहरू ६० हजार ५६२ पटक किनबेच हुँदा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?

यो साता सेयर बजारमा उतारचढाव देखिए पनि साताको पहिलो कारोबार दिन सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.०१ प्रतिशतले बढेको बजारमा सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशतले बढेको थियो ।

मंगलबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशतले बढेको थियो भने कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढेको थियो ।

बुधबार पनि कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको थियो भने बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १३.३७ प्रतिशतले बढेको थियो ।

यता, सातामा सबैभन्दा धेरै पहिलो कारोबार दिन सोमबार बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १०.३२ प्रतिशतले घटेको थियो । त्यस्तै, बुधबार सानिमा डेभेन्चरको एकाई मूल्य ६.६४ प्रतिशतले घट्दा मञ्जुश्री फाइन्यान्स डेभेन्चरको एकाई मूल्य ६.२१ प्रतिशत घटेको थियो ।

के्रष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.५५ प्रतिशत घट्दा सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ३.६० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?

यो साता सबैभन्दा धेरै आँखुखोला जलविद्युत आयोजनाको सेयर कारोबार भएको थियो । आँखुखोला जलविद्युतको साताको पहिलो कारोबार दिन सोमबार ६० करोड २० लाख १४ हजार रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँको र बुधबार ७१ करोड २२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार रिडी पावर कम्पनीको ४३ करोड २७ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको ३२ करोड १५ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो ।

कुन दिन कति कायम भयो बजार पूँजीकरण ?

साताभरिको कारोबारपछि कुल बजार पूँजीकरण ४७ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ, जसले समग्र सेयर बजारको आकारमा सुधार आएको पुष्टि गर्छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजार पूँजीकरण ४७ खर्ब ४ अर्ब रुपैयाँ कायम भएको थियो । यो साताको पहिलो कारोबार दिन सोमबार कुल बजार पूँजीकरण ४७ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको थियो । मंगलबार कुल बजार पूँजीकरण ४७ खर्ब ३६ अर्ब रुपैयाँ कायम भएको थियो भने बुधबार ४७ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।