पर्सा । चालु आर्थिक वर्षको प्रथम १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा नौ अर्ब ६५ करोड रुपैयाँले आयात बढेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १६ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको १० महिनामा एक अर्ब २५ करोड रुपैयाँ बराबरका सवारीसाधनको आयातबाट तीन अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी, सात अर्ब ३२ करोड बराबरका रुपैयाँ पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट सात अर्ब नौ अर्ब रुपैयाँ राजस्व असुली भएको छ ।










प्रतिक्रिया