काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा जस्तो बाख्राको खोर बनाउन यो सरकारले वैदेशिक ऋण नलिएको दाबी गरेको छन् । आइतबार बजेटपछिको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालले लिएको वैदेशिक ऋण अत्यधिक नभएको दाबी गर्दै विगतमा जस्तो ऋणको दुरुपायोग नहुने जीकीर गरेका हुन् ।
“हामीले लिएको ऋण विगतमा लिइएको ऋणको साँवा र ब्याज तिर्नको लागि हो । यसको सही र उत्पादनशील उपयोग गर्नेमा हामी प्रतिबद्ध छौँ, विगतमा जस्तो ऋणको दुरुपयोग हुँदैन,” वाग्लले भने । उनका अनुसार चालु वर्षमा मात्रै करिब ३१८ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्नुपर्नेछ, जसमा ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण समावेश छ।
भूकम्पअघि नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २५–२६ प्रतिशत रहेको उनको भनाई थियो। भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ महामारीका कारण उक्त अनुपात बढेर ४२–४३ प्रतिशत पुगेको र अहिले पनि सोही हाराहारीमा रहेको उनले बताए।
उनका अनुसार हाल नेपालको कुल सार्वजनिक ऋण करिब २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। आगामी दिनमा यो ऋण बढेर करिब ३६ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान पनि गरिएको छ।
सरकारले ऋण–जिडिपी अनुपातलाई ४३ प्रतिशत हाराहारीमै कायम राख्ने नीति लिएको र बैंकिङ प्रणालीमा रहेको तरलताको उपयोग गर्न सक्ने व्यवस्था पनि गरिएको उनले बताए।










प्रतिक्रिया