सुनको मूल्य घट्दा चाँदीमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीमा वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले घट्दा चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५२२.१८ अमेरिकी डलर र चाँदी ७५.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।