सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१३.३१ अमेरिकी डलर र चाँदी ७५.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।