बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुन बुधबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । जुन मंगलबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

यता, बुधबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४६९.०९ अमेरिकी डलर र चाँदी ७४.७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।