नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानले पुनः ५ अर्ब ५० करोड ऋण दिने


काठमाडौँ । नागढुंगा सुरुङ निर्माणका लागि जापानले फेरी ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ५० करोड रुपैयाँ नेपाली रकम) ऋण दिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन् ।

यसअघि नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारले डिसेम्बर २०१६ मा १६ अर्ब ६३ करोड ६० लाख जापानी येन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता भएको थियो । तर, बढ्दो मूल्य र अन्य कारणहरूले गर्दा रकम अभाव भएपछि थप ५ अर्ब ७० करोड जापनी येन ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।

बुधबार भएको सम्झौतासँगै सुरुङका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।