काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४७९.८९ अमेरिकी डलर र चाँदी ७३.७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया