काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबादेखि शुक्रबारसम्म सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको थियो । गत शुक्रबार अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणा गरेका थिए । उक्त बजेट मार्फत सरकारले सुनमा लाग्ने भन्सार हुल्क १० प्रतिशतले बढाएर एकैदिन सुनको मूल्यमा उच्च वृद्धि आएको हो । यस अघि सुनमा लाग्ने भन्सार शुल्क १० प्रतिशत रहेको थियो ।
केही समय अघि भारत सरकारले सुनमा लाग्ने भन्सार शुल्क ९ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएपछि व्यवसायीहरुले नेपालमा पनि बढाउन माग गर्दै आएका थिए । सोही अनुरुप सरकारले भन्सार शुल्क बढाएको हो ।
आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने सुनको मूल्य घटेको थियो । सोमबार तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन मंगलबार पुनः सुनको भाउ उकालो लागेको छ । मंगलबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार भने सुनको मूल्य स्थिर रहेको थियो । बुधबार सुनको कारोबार मंगलबार कायम भएको मूल्यमा किनबेच भएको हो ।
बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर घटेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा सुन किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुन तोला २ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
यो साता चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार एकैदिन चाँदी तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँको कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार २३० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २३० रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।












प्रतिक्रिया