काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज एकैदिन सुन तोलामा ८ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी तोलामा ३३५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२८.६ अमेरिकी डलर र चाँदी ६७.८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया