काठमाडौँ । भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्य प्रतिसिलिन्डर २९ रुपैयाँ भारुले वृद्धि भएको छ । शनिबार रातिदेखि लागु हुने ग्यासको मूल्यमा वृद्धि गरिएको हो ।
यो वृद्धिसँगै आइतबारदेखि दिल्लीमा १४.२ किलोको घरेलु ग्यास सिलिन्डरको मूल्य ९४२ भारु पुगेको छ । पछिल्लो तीन महिनामा घरेलु ग्यासको मूल्य बढेको यो दोस्रो पटक हो । यसअघि मार्च ७ मा प्रतिसिलिन्डर ६० रुपैयाँ भारु बढाइएको थियो ।
हाल भारतभर ३३.३७ करोड परिवारले एलपीजी ग्यासको खपत गरिरहेका छन् ।












प्रतिक्रिया