सरकारका कामकारबाहीबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौँ। आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।

बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।