काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३६.३१ अमेरिकी डलर र चाँदी ६८.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया