इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता


काठमाडौँ । नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौँ महानगरपालिका–११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका कर्मचारी, मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरुलाई औषधी र उपभोग्य सामाग्री बाहेक र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधी र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु विष्टको संयुक्त हस्ताक्षर भएको छ । यो सम्झौता २८ मे २०२६ देखि सुरु भई मे २०२८ सम्म कायम रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।