एसईईमा जफत गरिएका मोबाइल र डाटाहरू नष्ट नगर्न आदेश


काठमाडौं । सर्वोच्च अदालतले एसईईमा जफत गरिएका मोबाइल र डाटाहरू नष्ट नगर्न आदेश दिएकाे छ ।

अदालतले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई आज अन्तरिम आदेश दिएको हो ।

विद्यार्थी र युवा कानुन व्यवसायीले दिएको रिटमाथि बहस सकिएपछि सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

“यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाको मिति २०८२-०१-१३ को सूचनामा उल्लेख भएको परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी प्रत्यर्थीलाई दिनू,” अन्तरिम आदेशमा भनिएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।