सुनचाँदीको मूल्यमा उच्च गिरावट, दुई दिनमै १५ हजारले सस्तियो सुन


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन उच्च गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा पनि गिरावट आएको हो ।

आज एकैदिन सुन तोलामा ५ हजार १०० रुपैयाँले घटेको हो । अघिल्लो दिन (बुधबार) पनि सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको थियो । यससँगै सुनको भाउ दुई दिनमै १५ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १९० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७८.०९ अमेरिकी डलर र चाँदी ६३.७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।