विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती


काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन् ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भने, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ? ”

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।