हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग


काठमाडौँ । एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आइतबार पनि बिदा दिँदा सेवाग्राहीलाई अफ्ठ्यारो परेकाे बताए ।

“सेवाग्राहीलाई कति मर्का पारेको छ रु सरकारसँग त्यसको कुनै हिसाब छ ? एक वर्षमा कति दिन बिदामा बस्नुपर्छ ? त्यसैले यसमा पनि क्रमभंग गर्न खोजेको हो भने शनिबार खोलेर आइतबार मात्रै बिदा दिँदा पनि राम्रो हुन्छ ”उनले भने।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।