काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी सम्सारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक साझेदारीमा भारतमा रहेका लाखौँ नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोवाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सकिने भएको छ ।
भारतमा रहेका नेपालीहरूले पशुपति पे एप डाउनलोड गरी अनलाइन केवाईसी प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसका लागि भौतिक एजेन्ट वा शाखा कार्यालयमा पुग्नुपर्ने छैन।हालसम्म धेरै सेवाग्राहीहरूलाई पैसा पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता थियो। तर पशुपति पे एप मार्फत अब सम्पूर्ण प्रक्रिया मोबाइलबाटै पूरा गर्न सकिनेछ, जसले समय र लागत दुवै बचत हुने र सुरक्षित र भरपर्दो तवरले नेपाल पैसा पठाउन सकिने छ ।
भारतको जुनसुकै स्थानबाट २४ सै घण्टा नेपालका बैंक खाता र डिजिटल वालेटहरूमा सिधै रकम पठाउन सकिने सम्सरा रेमिटका डीजीएम राजीव पोखरेलले बताएका छन् ।
परम्परागत माध्यमहरूभन्दा कम लागतमा पूर्ण रूपमा सुरक्षित र वैधानिक तवरले नेपालमा पैसा पठाउन सकिनेछ।
साथै सेवा शुल्क (कमिसन) समेत प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम रहेको छ। नयाँ ग्राहकहरूका लागि पहिलो कारोबार निःशुल्क रूपमा गर्न सकिने व्यवस्था पनि गरिएको छ।
भारतमा करिब ३० देखि ३५ लाख नेपालीहरू रहे पनि हाल १०–१५ प्रतिशतले मात्र नेपाल पैसा पठाउन औपचारिक माध्यम प्रयोग गरिरहेको अवस्थामा यो सेवाले हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्न सघाउने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सम्सारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटहरूमार्फत झन्डै दुई दशकदेखि सेवा प्रदान गर्दै आएको छ।












प्रतिक्रिया