सुनको भाउ एकैदिन ५ हजारले बढ्यो, पुग्यो तीन लाख नजिक


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार रुपैयाँले बढेसँगै प्रतितोला ३ लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा १२० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार नाघेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२८.८५ अमेरिकी डलर र चाँदी ७०.४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।