सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि हुँदा चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२५.८८ अमेरिकी डलर र चाँदी ६९.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।