काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यो साता लागेसँगै बढेको सुनचाँदीको भाउ आज दुईदिन पछि घटेको हो ।
आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी तोलामा १४० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३३.०२ अमेरिकी डलर र चाँदी ६२.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया