काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज एकै दिन सुन तोलामा ३ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा १०५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६६.३५ अमेरिकी डलर र चाँदी ६१.१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया