नेपाल लाइफ इन्स्योरेन्सले संकलन गर्यो सबैभन्दा धेरै बिमाशुल्क, नविकरण शुल्क कसको कति ?


काठमाडौँ । जीवन बीमा कम्पनीहरुले १ खर्ब ७३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्ममा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले १५ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ८ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी सिटिजन लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आईएमई लाइफले ६ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ६ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नविकरणबाट कसले कति कमाए ?

११ महिनाको अवधिमा बीमालेख नवीकरण गरेर जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् ।

बीमा कम्पनीहरुले जेठसम्म १ खर्ब ३३ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कम्पनीहरुले १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुले संकलन गरेको नवीकरण बीमाशुल्क ११.६३ प्रतिशतले बढी हो ।

चालु वर्षको जेठसम्म नेपाल लाइफले ३५ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीमा नवीकरण बीमाशुल्क संकलन ९.७६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष जेठसम्म कम्पनीले ३२ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ संकलन गरेको थियो ।

नेसनल लाइफले जेठसम्म १६ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। जुन गत वर्षको तुलनामा १८.४९ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १३ अर्ब ९८ करोड ९१ लाख रुपैयाँमात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ । अघिल्लो वर्ष जेठसम्म कम्पनीले १४ अर्ब ८३ करोड ९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ४.४७ प्रतिशतले बढेर १५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी जेठसम्म हिमालयन लाइफले १३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ४.९५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १२ अर्ब ९० करोड ७६ लाख रुपैयाँ संकलन गरेका थिए ।

चालु वर्षको जेठसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दा सूर्यज्योति लाइफले ७ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ, एसियन लाइफले ६ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, सिटिजन्स लाइफले ५ अर्ब १४ करोड ३६ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ४ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ संकलन गरेका छन् ।

यसैगरी समीक्षा अवधिसम्म मेटलाइफले ४ अर्ब ६६ करोड ९ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ९१ करोड ३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।