इरानमा कडा अनुगमन आवश्यक : आइएइए


मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् । इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले शुक्रबार जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रममाथि प्रभावकारी र विश्वसनीय अनुगमन आवश्यक रहेको बताए। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको व्यापक वार्तामा तेहरानको आणविक कार्यक्रम प्रमुख विवादका विषयमध्ये एक बनेको छ ।

ग्रोसीले हालै भएको अमेरिका–इरान सहमतिको मुख्य उद्देश्य इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्नु रहेको बताए। उनका अनुसार इरान सरकारले आफूहरू आणविक हतियार निर्माण गर्ने पक्षमा नरहेको स्पष्ट रूपमा जनाएको छ ।

तर केवल राजनीतिक प्रतिबद्धता पर्याप्त नहुने भन्दै उनले प्रभावकारी प्रमाणीकरण संयन्त्र आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार इरानको आणविक गतिविधिमाथि कडा र विश्वसनीय निगरानी सकेसम्म छिटो सुरु हुनुपर्छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।