काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०५२.३८ अमेरिकी डलर र चाँदी ५८.२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया