पूर्व अर्थमन्त्री पौडेललाई थुनामा राख्न फेरि पाँच दिन म्याद थप


काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धानका लागि पौडेललाई बिहीबार ९जेठ २५० म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप भएको हो ।

उनलाई योसहित चौथोपटक म्याद थप भएको छ ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।