तोलामा २४ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार एकैदिन सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा १६० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६४.४५ अमेरिकी डलर र चाँदी ५७.९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।