लगातार ५ दिन घटेको सुनको भाउ शुक्रबार भने बढ्यो


काठमाडौँ । लगातार ५ दिन घटेको सुनको भाउ शुक्रबार भने बढेको छ । आइतबारदेखि बिहीबारसम्म लगातार सुनको भाउ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १७० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ११४.८८ अमेरिकी डलर र चाँदी ६०.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।