काठमाडौँ । शुक्रबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा कायम भएको छ ।
शुक्रबार बजारमा ३६७ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १२० कम्पनीका सेयरमूल्य बढ्दा १३५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने २९ कम्पनीको सेयर स्थिर रहेको छ ।
आज कुल १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ५३ हजार ४३२ पटकमा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।
शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १०.६६ प्रतिशतले बढेको छ । त्यस्तै, कुमारी इक्विटी फण्डको ९.०९ प्रतिशतले र कालङ्गा हाइड्रोको ६.९२ प्रतिशतले बढेको छ । यता भगवती हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ । त्यस्तै, एनआइबीएल स्टेबल फण्डको ७.६३ प्रतिशतले र सिटिजन्स बैंक डेभेन्चरको ७ प्रतिशतले घटेको छ ।
शुक्रबार कारोबार रकमका आधारमा नेपाल बैंक डेभेन्चर शीर्ष स्थानमा रहेको छ । बैंकको आज ८९ करोड ९१ लाख ४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आरबिबिएल डेभेन्चरको ६९ करोड ८५ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार हुँदा सानिमा बैंक डेभेन्चरको २८ करोड ५९ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया