फ्रान्कफर्ट । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसकेका छन्, तर अझै स्थायी जागिर पाउन सकेका छैनन् ।
स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गर्छन्। तर युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा देखिएको सुस्त वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाले युवा इन्जिनियरलाई प्रभावित बनाएको छ ।
“धेरैजसो अवस्थामा आवेदन सीधै अस्वीकार हुन्छ,” ३० वर्षीय पेलले फ्रान्कफर्टमा एएफपीसँग भने, “मैले अहिलेसम्म एउटा मात्र अन्तर्वार्ता दिएको छु । मेरा साथीको अवस्था पनि यस्तै छस एकजनाले त ६० भन्दाबढी आवेदन पठाइसकेका छन् ।”
‘स्वर्ण युग’ समाप्त
अत्याधुनिक प्रविधि र नवीन डिजाइनका लागि विश्वभर परिचित जर्मनीको कार उद्योग, जुन ठूलो मात्रामा निर्यातमा निर्भर छ, पछिल्ला वर्षमा कठिन अवस्थाबाट गुज्रिरहेको छ ।
चिनियाँ कार निर्माता कम्पनी बीवाइडी र एक्सपेङले विश्वको सबैभन्दा ठूलो अटो बजारमा जर्मन सवारीसाधन उत्पादकको हिस्सा घटाउँदै लगेपछि जर्मन कम्पनीले स्वदेश मै कठिन पुनःसंरचना गर्नुपर्ने अवस्था आएको छ ।










प्रतिक्रिया