काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो ।
सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी तोलामा १०० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६९.४३ अमेरिकी डलर र चाँदी ५८.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया