अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन् । ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने सङ्केत दिएका छन् ।
इरानी दैनिक हामशहरीले आफ्नो पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्बिरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ । उक्त सामग्रीमा ग्राहमको तस्बिरअघि ट्रम्प घुँडा टेकेर बसेको चित्रसमेत समावेश गरिएको छ ।
अर्को इरानी पत्रिका भातान–ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकसहित ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ । पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै उहाँको ‘अचानक बिरामी’ परेर मृत्यु भएको उल्लेख गरेको छ ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरानविरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन् । यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ ।
प्रतिवेदनअनुसार यी सामग्री सार्वजनिक भएपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन ९एमएजिए०’ अभियानसँग आबद्ध केही समूहले ग्राहमको मृत्युबारे विभिन्न षड्यन्त्र सिद्धान्त अघि सारेका छन् । कतिपयले यस घटनामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन् । यद्यपि त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।










प्रतिक्रिया