आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने


काठमाडौँ । काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । उनले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने समेत बताइन । मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिइन् ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।