लोक सेवामा नयाँ माग नगरिने, आयोगको तयारी गरिरहेका समस्यामा पर्ने


काठमाडौँ । नेपाल सरकारले लोक सेवा आयोगमा कर्मचारी माग नगर्ने भएको छ । आयोगले मन्त्रालयहरूको २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गरिएकोले कर्मचारी दरबन्दी मिलान र व्यवस्थापनका लागि नयाँ कर्मचारी नियुक्त नगर्ने भएको हो । जसले लोक सेवा आयोगको तयारी गरिरहेका समस्यामा पर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गरिएको र यसबाट सिर्जना हुने ‘फाजिल’ कर्मचारीहरूको व्यवस्थापन नभएसम्म लोक सेवा आयोगमा नयाँ पदपूर्तिका लागि माग नगर्ने जानकारी गराएको हो।

दरबन्दी घट्दा केही कर्मचारीहरू ‘फाजिल’ (दरबन्दी विहीन) हुन सक्ने देखिएको छ । यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्व स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने भएको हो।

यदि कुनै पदमा पदपूर्ति गर्नैपर्ने आवश्यक देखिएमा, पहिले फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन गरिने विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।