लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ


काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि आज मंगलबारसम्म सुनकोे भाउ लगातार बढेको हो ।

आइतबार तोलामा १ हजार ९०० रुपैयाँ बढेको सुन सोमबार ६०० रुपैयाँले र आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ५० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ३७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०४८.३ अमेरिकी डलर र चाँदी ५४.८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।