चलचित्र ‘रोल नं १’ र ‘भागदौड’ ले कति कमाए ?


काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको गत आइतबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

बक्स अफिसले चलचित्र रोल नं. १ र भागदौडको कारोबार विवरण सार्वजनिक गरेको हो ।

साउन ३ गते मध्यरातसम्मको विवरण हेर्दा जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ७१ हजार ३६९ वटा टिकट बिक्री गर्दै १ करोड ७८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । विनोद पौडेलको निर्माण रहेको उक्त चलचित्र जोन योञ्जनले निर्देशन गरेका हुन् ।

त्यसैगरी, असार २६ देखी प्रदर्शनमा आएको चलचित्र भागदौडले हालसम्म ४०९ वटा टिकट बिक्री गर्दै ९२ हजार ९९५ रुपैयाँ आम्दानी गरेको छ । चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् ।

प्रदर्शनरत चलचित्र गौंथलीको बक्स अफिस विवरण भने अर्को साता सार्वजनिक हुने छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।