काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ४०० रुपैयाँले र चाँदी तोलामा ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२६.६६ अमेरिकी डलर र चाँदी ५९.६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया