३ जिल्लामा आगलागी, ७ लाख ४० हजार बराबरको क्षति


काठमाडौँ । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा ७ लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब २ लाख ४० हजार बराबरको नोक्सान भएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।