व्यवसायी शंकर अग्रवाल पक्राउ


काठमाडौँ । बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीका अनुसार अग्रवाललाई अदालतमा बुझाउने तयारी भइरहेको छ।

अग्रवाल बैंक कसुरसम्बन्धी मुद्दामा फरार सूचीमा रहेका थिए।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।